Logo

राप्छामा दुईदिने स्वास्थ्य शिविर सम्पन्न, ८ सयबढि सेवाग्राही लाभान्वित


सोलुखुम्बु ।  माप्य दुधकोशी गाउँपालिका वडा नम्बर राप्छामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिहेल्प फाउण्डेशन र शान्ति सेवा गृहले आईतबार र सोमबार बासाखाली माविमा आयोजित दुई दिने शिविरमा ८ सय भन्दा बढिले सेवा लिएको समन्वयकर्ता पञ्चे राईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार जर्मनी, इटाली र नेपाली विशेषज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका छन् ।

शिविरमा दन्त सम्बन्धि सेवा ६ सय जनालाई, फिजिरो थेरापी एक सय जनालाई, आँखा चेकचाज सम्बन्धि सेवा ६ सय ५० जनाले लिएको शिविरका कोडिनेटर पञ्चे राईले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पिउने बोतल ४ सय ६४ जनालाई, लिटो ४ सय जानलाई र ब्रस तथा मन्जन स्वास्थ्य सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीलाई वितरण गरिएको जनाईएको छ ।

फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् । अस्पताल जान खोज्दा पनि भौगोलिक विकटता, आर्थिक अवस्थालगायत कारणले बञ्चित भएका यहाँका नागरिकका लागि सञ्चालित स्वास्थ्य शिविर बरदान सावित भएको छ ।

 

प्रकाशित मिति : सोमबार, ३ मंसिर २०८१ १७:०८
प्रतिक्रिया दिनुहोस्