Logo

नेचासल्यान गाउँपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन हस्तान्तरण, ७ फाल्गुनमा उदघाटन हुँदै


सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ । गाउँपालिका र निर्माण कम्पनीबीच भएको सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न गरी बुधबार चाबी हस्तान्तरण गरिएको उपाध्यक्ष विना राईले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले भवन हस्तान्तरण गरेसँगै आउँदो फागुन ७ गते उदघाटन गर्ने गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभएको छ । पाँच तल्ले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएपछि गाउँपालिका बासीलाई अब सेवा प्रवाहमा थप सहजता हुनेछ ।

गाउँपालिकाले वि.सं २०८० साल चैत्र २२ गते कम्पनीसँग सम्झौता गरी जेठ १६ बाट आरोन ओम बालाजी इ आर रामेछापले काम अगाडी बढाई समय अवधिमै गाउँपालिकालाई जिम्मा लगाइएको जनाइएको छ । नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत गरी कुल ३ करोड ७२ लाख बजेटमा भवन निर्माण गरिएको पालिकाका सूचना अधिकारी युवराज पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, ९ माघ २०८१ १८:११
प्रतिक्रिया दिनुहोस्