Logo

थुलुङ दुधकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटिनु पुर्व १ दिने अभिमुखिकरण


सोलुखुम्बु / थुलुङ दुधकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटिनु पुर्व रोजगार उपभोक्ता समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रोजगार सेवा केन्द्र थुलुङ दुधकोशीको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रमको अवसरमा कामदारको लागि सुरक्षा सामाग्री समेत हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले वडा अध्यक्षहरु मार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पालिकाबाट रोजगार सृजना गर्ने कार्यक्रमलाई जोड दिएको बताउनुभयो । थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय तहले निर्धानरण गरेको अर्धदक्ष ज्यालाको हुन आउने ८० प्रतिशत रकम थप गरि ज्याला दिने गरेको छ । अधिकांश स्थानीय तहले राष्ट्रिय ज्याला ६६८ भुक्तानी गरिरहेको भएपनि थुलुङ दुधकोशीले भने निर्देशिका अनुसार थप गरि प्रति कामदार ८०० भुक्तानी गरेको अध्यक्ष राईले बताउनुभयो ।

प्रकाशित मिति : आईतवार, २० माघ २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ