Logo

कार्य सम्पादन मूल्यांकनमा सोलुदुधकुण्ड नगरपालिका पहिलो, सोताङ अन्तिम


सोलुखुम्बु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मूल्यांकनमा सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ । ६९.८ अंकसहित सोलुदुधकुण्डले जिल्लाका अरू स्थानीय तहलाई उछिनेको हो । ६८.० अंक ल्याएर थुलुङ दुधकोशी गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै, माप्य दुधकोशी गाउँपलिका ६३.० अंकसहित तेस्रो स्थानमा छ भने खुम्बु पासाङल्हामु गाउँपालिका ६०.२ अंकसहित चौथो भएको छ । नेचासल्यान गाउँपालिका ५७.८ अंकसहित पाँचौं, लिखुपिके गाउँपालिका ५६.२ ल्याएर छैटौं तथा ५३.४ अंक ल्याएर  सातौं महाकुलुङ गाउँपालिका  र सोताङ गाउँपालिका ४९. ८ अंकसहित आठौं स्थानमा छ ।

कार्यसम्पादन मूल्यांकनमा आयोगले स्थानीय तहको मूल्यांकन गर्दा विभिन्न १७ सूचकलाई आधार बनाएको थियो ।

सोलुदुधकुण्ड नगरपालिका पहिलो भएपछि पहिलो भएपछि आफुहरु सेवा प्रवाह तथा विकास निर्माण प्रतिफल राम्रो आएको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । स्थानीय तहले आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा–नगरसभामा पेस गरे–नगरेको लगायतको सूचक राखेको थियो ।

प्रकाशित मिति : बिहीबार, १ फाल्गुन २०८१ २०:०५
प्रतिक्रिया दिनुहोस्