Logo

माप्य दुधकोशी गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिने तालिम सम्पन्न


सोलुखुम्बु  : माप्य दुधकोशी गाउँपालिकामा मेलमिलाप कर्ता छनौट तथा मेलमिलाप सम्बन्धि ८ दिने तालिम सम्पन्न भएको छ ।  गाउँपालिका न्यायिक समितिको आयोजना तथा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा उक्त कार्याक्रम आयोजना गरिएको पालिका उपाध्यक्ष एवंम न्यायिक समितिका संंयोजक गौरव राईले जानकारी दिनुभयो ।

तालिमले मेलमिलापकर्ताहरुलाई न्यायिक सम्पादन गर्ने कार्यमा सहज होस भन्ने उद्देश्यले बिविध कानुनी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले मेलमिलाप सम्बन्धी तालिम निकै महत्वपुर्ण भएकाले सहभागीले तालिमबाट सिकेका ज्ञान आफ्नो गाउँ, टोल र छरछिमेकमा हुने सानातिना झैझगडा, विवाद समाधान र न्याय निरुपणमा विशेष भुमिका खेल्नु पर्ने बताउनुभयो ।

तालिममा पालिकाको सात वटै वडाबाट प्रतिनिधित्व सुनिश्चित गरेर सहभागिता गराइएको थियो । तालिम चैत्र २२ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, २८ चैत्र २०८१ २०:४३
प्रतिक्रिया दिनुहोस्