Logo

सेयर बजारले नयाँ रेकर्ड राख्दै २०७८ लाई गर्यो स्वागत


काठमाडौं । २०७७ सालको अन्तिम दिन मंगलबार सेयर बजार नयाँ उचाइमा पुगेको छ । बजारले नयाँ उचाइ लिएर नयाँ रेकर्ड कायम राखेको छ । बजार २३.२३ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७१४.७९ अंकमा पुगेको छ । यो हालसम्मकै सर्वाधिक अंक हो ।

बजार खुल्दा २६९८ अंकमा रहेको सेयर बजार बढेर २७१० अंकमा पुगेको थियो । त्यसपछि केही घटेर २६८८ अंकमा पुगेको बजार पुनः लयमा फर्किको थियो । बजार बन्द हुँदा नयाँ रेकर्ड कायम राखेको छ । २०७७ मा बजारले नयाँ रकेर्ड राख्दा २०७८ सालमा के गर्ला ? लगानीकर्तामा कौतुहलता छ ।

२०७६ चैत ११ गते लकडाउन हुनुअघि सेयर बजार १२०० सय अंक वरिपरि थियो । असारदेखि बजार खुलेपछि सेयर बजार उकालो लागेको हो । असारयता सेयर बजार १५०० सय अंकले बढेको छ ।

बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत र म्युचुअल फण्डको सेयर मूल्य बढेको छ भने होटल तथा टुरिज्म, वित्त, जीवन तथा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, इन्भेस्टमेन्ट र अन्य परिसूचकमा गिरावट आएको छ ।

मंगलबार ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ । एनआईसी एसिया लघुवित्त, माउन्टेन इनर्जी नेपाल लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्यान्दी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।

मंगलबार ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । नबिलको प्रतिकित्ता १३८० मा २८ करोड ६२ लाख, नेपाल बैंकको ४५९ मा २८ करोड १० लाख र एनआईसी एसिया बैंकको ९७० मा २४ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : मंगलवार, ३१ चैत्र २०७७ २०:२६

Archives

प्रतिक्रिया दिनुहोस्