Logo

रेशम चौधरीलाई चाँडै छुटाउँने प्रचण्डको आश्वासन


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीलाई छिट्टै छुटाउने बताएका छन् ।

माघीको अवसरमा बुधबार काठमाडौंको टुँडिखेलमा थारु समुदायले आयोजना गरेको माघी महोत्सवमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रेशम चौधरीलाई केही समयभित्र जेलबाट छुटाएर देखाउने प्रतिवद्धता व्यक्त गरे । टीकापुर घटनामा मुछिएका केही व्यक्तिहरु छुटे पनि केही जेलमै रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘रेमशलागयत केही साथीहरु छुट्न बाँकी छन् । रेशमलाई छुटाइन्छ । केही समयभित्र यसको परिणाम आउँछ ।’

अध्यक्ष प्रचण्डले टीकापुर घटनापछि फरार रहेका बेला आफूले रेशमलाई प्रधानमन्त्रीकै हैसियतमा भारतमा भेटेको दाबी गरे । ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतको नयाँ दिल्लीमा भेटेर तपाईको समस्या के हो भनी सोध्ने मै हुँ,’ उनले भने, ‘रेशमलाई प्रधानमन्त्रीको हैसियले भटेको छु ।’

उनले रेशम जेल परेपछि पनि डिल्लीबजारमा कारागारमा गएर भेटेको बताए । रेशमका लागि आफूले धेरै कुरा गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री र सभामुखलाई भेटेर रेशमलाई माननीयको हैसियत दिन सपथ खुवाउनुपर्छ भन्ने मै हुँ भन्ने नबिर्सनु होला ।’

प्रकाशित मिति : बुधबार, १ माघ २०७६ १७:३४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ