Logo

टुँडिखेलमा माघे संक्रान्ति (फोटोफिचर)


काठमाडौं । माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो । उनीहरुले यस पर्वलाई माघे सकराती भनी मनाउँछन् ।

काठमाडौंमा रहेका मगर र थारु समुदायले टुँडिखेलमा जम्मा भएर धुमधामका साथ माघी पर्व मनाएका छन् । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

आफ्नो मौलिक भेषभूषासहित टुँडिखेल आएका युवायुवतीहरु निकै खुशी देखिएका थिए । थारु समुदायले नाचगानका साथै झाँकी समेत प्रदर्शन गरेका थिए ।

टुँडिखेलमा थारु समुदायको विभिन्न परिकार पनि राखिएको छ ।

मगर समुदायमा आजको दिनमा चेलिवेटी पुज्ने गरिन्छ। लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्‍वा तङनामको रुमा मनाउँदै आएका छन्।

उनीहरुले आजको दिनलाई येले सम्बत् सुरु भएको दिनको रुपमा नयाँ वर्षको रुपमा मनाउँछन्। काठमाडौंमा रहेका मगर समुदायले समेत टुँडिखेलमा भेला भएर धुमधामका यस पर्व मनाएका छन् ।

प्रकाशित मिति : बुधबार, १ माघ २०७६ १७:४६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ