Logo

देशभर वर्षा र हिमपातको सम्भावना


शक्तिशाली मौसमी प्रणालीका कारण आज (बिहीबार) देशैभरको मौसम बदली भएको छ।

पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो। यो प्रणालीको कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ।

यो प्रणलीले देशका धेरैजसो भूभागमा पानी पार्ने मौसमविद्ले जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो। अब यो प्रणाली क्रमशः देशैभर फैलिँदै छ।

काठमाडौँमा पनि आज वर्षाको सम्भावना धेरै छ। काठमाडौँमा अहिले मौसम बदली छ। आज बिहान ६ बजे काठमाडौँ उपत्यकामा न्युनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ।

दिउँसो काठमाडौँको अधिकतम तापक्रम १६ देखि १८ डिग्री पुग्ने अनुमान छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (बिहिबार)
दिउँसो : देशको मध्य तथा पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भूभागका केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी-हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भूभागका थोरै स्थानहमा हल्का वर्षाको सम्भावना रहेको छ।

मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भूभागमा सामान्य देखि पुर्ण बदली रहनेछ। साथै पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखी सामान्य बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागमा थोरै स्थानमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशभर आंशिक बदलि भइ देशका एक दुइ स्थानमा हल्का बर्षा हुन सक्ने संभाबना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नु हुन सर्वसाधारण जनताहरुलाइ अनुरोध छ।

श्रोत मौसम पूर्वानुमान महाशाखा (nepalkhabar)

प्रकाशित मिति : बिहीबार, २ माघ २०७६ ११:१०
प्रतिक्रिया दिनुहोस्