Logo

बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच भेटघाट


काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र कांग्रेसका नेताहरुबीच छलफल भइरहेको छ। शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताबीच भेटवार्ता भएको हो।

नेताहरुबीच सत्यनिरुण तथा मेलमिलाप आयोगबारे छलफल भइरहेको प्रधानमन्त्री प्रेस सल्लाहकार  सूर्य थापाले जनाएका छन्।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट देउवासहित मिनेन्द्र रिजाल, रमेश लेखक सहभागी भएका छन् भने नेकपाका तर्फबाट अध्यक्षद्वय ओली, दाहालसहित सुवास नेम्बाङ, खिमलाल देवकोटा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यस छलफलपछि समामुख चयनका विषयमा ओली–प्रचण्डले छलफल गर्ने स्रोतले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ १२:०५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ