Logo

अन्नपुर्णमा हराएका पर्यटकको खोजी कार्य सुरु


पोखरा । केही नेपाली र केही विदेशी नागरिक अन्नपुर्ण क्याम्पमा हराएका छन् । अन्नपुर्ण बेसक्याम्पको देउरालीमा हिम पहिरोले केही नेपाली र केही विदेशी नागरिक हराईरहेको तर यसबारे आधिकारिक जानकारी नआइसकेको ट्ररेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)की महासचिव सरिता लामाले बताइन्  ।

उनका अनुसार कति जना हराईरहका छन भन्ने एकिन भईसकेको छैन । टिम एडभेञ्चरका गाईड दिपक गरुङका अनुसार आफुहरु समेत हिँउपहिरोको जोखिमका बाबजुत सकुशल फर्किएको बताए ।

उनले आफुभन्दा पछाडी रहेका केही व्यक्ती फसिरहेको बताए । यद्यपी कतिको संख्यामा रहेका छन भन्नेबारे प्रहरीले जाँच गरिरहेको बताएको छ ।

पोखराको टान, युनिट्राभ पोखरा, युनिट्राभ केन्द्रबाट पनि उद्धारको प्रयास भईरहेको युनिट्राभ केन्द्रका केन्द्रिय सदस्य टिकाराम नेपालीले बताए । केन्द्रका अध्यक्ष सुमन पराजुली लगायतको टिम सक्रिय रहेको नेपालीले बताए । मौसम खराव छ भन्दा भन्दै उनिहरु त्यसतर्फ लागेका थिए । अहिले पनि हिँउ परिरहेको छ ।

 

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ १८:५९
प्रतिक्रिया दिनुहोस्