Logo

प्रदेश नम्बर १ को मन्त्रिमण्डल पुर्नगठन हुदै, यी हुन् नयाँ मन्त्री !


विराटनगर – प्रदेश नम्बर १ को मन्त्रिमण्डल पुर्नगठन हुने भएको छ । सरकार गठन भएको दुई वर्ष बित्‍ना लाग्दा मन्त्रिमण्डल बिस्तार हुने भएको हो ।

प्रदेश सरकारमा दिउँसो ३ बजे ४ राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा छ । प्रदेश १ मुख्यमन्त्री कार्यालयका अनुसार आइतबार दिउँसो ३ बजे मन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

नयाँ मन्त्री हुनेहरुमा पूर्वएमालेबाट ३ र पूर्वमाओवादी केन्द्रबाट १ जनाको नाम चर्चामा छ । पूर्व एमालेबाट भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबाबु गुरुङ, उद्योग वन तथा वातावरण राज्यमन्त्री झापाकी जसमाया गजमेर, कृषि राज्यमन्त्री इलामका राम रानामगर र पूर्व माओवादीकातर्फबाट मोरङका विजय विश्वास सामाजिक बिकास राज्यमन्त्री बन्‍ने भएका हुन् ।

यससँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय हुने भएको छ । अहिलेलाई मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री थप्न लागेका हुन् । केही समयपछि दुई मन्त्री थप्ने तयारी मुख्यमन्त्री कार्यालयले गरेको छ ।

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १३:५२
प्रतिक्रिया दिनुहोस्