Logo

थुलुङ दूधकाेशी गाउँपालिकाले ‘शैक्षिक प्रवर्द्धनका लागि गाउँ शिक्षा सम्मेलन’ गर्दै


काठमाडौं। २०७६ साललाई शैक्षिक सुधारकाे वर्षको रुपमा घोषणा गरेको थुलुङ दूधकाेशी गाउँपालिकाले ‘सामुदायिक विद्यालयकाे शैक्षिक प्रवर्द्धनका लागि गाउँ शिक्षा सम्मेलन’ आयाेजना गर्दैछ । गाउँपालिकाले आफ्नो घोषित अभियान अन्तर्गत यही माघ १२ र १३ गते मुक्लीमा सो सम्ममेलन आयोजना गर्न लागेको हो।

गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरू, सबै वडा अध्यक्षहरू र गाउँ शिक्षा समितिका पदाधिकारी तथा सदस्यहरूको  सहभागिता रहने छ।

उक्त सम्मेलनमा गाउँपालिकाको तर्फबाट गाउँकाे वर्तमान शैक्षिक अवस्थाबारे प्रस्तुतिको कार्यक्रम रहेको छ।

त्यस्तै प्रा. डा. विद्यानाथ काेइरालाबाट ‘शैक्षिक नेतृत्त्व सम्बन्धि अभीमुखीकरण’, ज्ञानाेदय मा. वि. काठमाडौंका प्र.अ. नातीकाजी महर्जनबाट विद्यालय सुशासन अनुभव प्रस्तुतीकरणको साथै शिक्षामा सूचना प्रविधिसम्बन्धी अभिप्रेरणा समेत रहनेछ।

सम्मेलनको अन्त्यमा गाउँपालिका र प्रधानाध्यापकहरुको बीचमा कार्य सम्पादन सम्झौतासमेत हुने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

 

यो कार्यक्रम शैक्षिक सुधारका लागि ऐतिहासिक र दीर्घकालीन महत्वको रहेको उल्लेख गर्दै अध्यक्ष राईले कार्यक्रमलाई उपलव्धीपूर्ण बनाउँन तथा गाउँकाे शिक्षा विकासका लागि सुझाव तथा सल्लाह प्रदान गर्न अनुुरोधसमेत गर्नुभयो।

प्रकाशित मिति : बुधबार, ८ माघ २०७६ १०:४१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ