Logo

वैदेशिक रोजगारी समस्याबारे प्रस्ताव सांसद डा. संग्रौलाद्वारा सदनमा पेश


file picture

काठमाडौं । प्रतिनिधी सभा सांसद डा. डिला संग्रौलाले वैदेशिक रोजगारीको समस्याबारे सार्वजनिक महत्वको प्रस्ताव सदनमा पेश गरेकी छन् । उनले मंगलबारको संसदमा सो प्रस्ताव पेश गरेकी हुन् ।

करिब करिब ४० लाखभन्दा बढी युवाहरु रोजगारीका लागि विदेशिएसँगै आएका समस्याको बारेमा उनले सरकारको ध्यान आकर्षित हुनु पर्ने प्रस्ताव पेश गरेकी हुन् ।

डा.संग्रौलाले विदेशीएका धेरै नेपाली स्वदेश नफर्की विदेशमै जीवन त्याग्न बाध्यता भएको बताइन् । पिडित परिवारलाई सहायता तथा रोजगारी प्रदान गर्न सरकार लाग्नुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका ७ हजार ३ सय ९० जनाले एक दशको अवधिमा ज्यान गुमाएका छन् भने दुई दर्जनभन्दा बढी नेपाली युवा विभिन्न मुलुकका अस्पतालमा कोमामा छन् ।

मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नु पर्छ, तर यसमा सरकार मौन छ,’ उनले भनिन् ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेशिया सरकारसँग सम्झौता गरेपनि नेपाली कामदार पठाउनका लागि सरकारले नै मलेशियाली कम्पनीहरुसँग सम्वाद गर्नु पर्ने अवस्था छ ।

प्रकाशित मिति : मंगलवार, २१ माघ २०७६ १८:४३
प्रतिक्रिया दिनुहोस्