Logo

प्रदेश १ नामाङकनमा पहिचान नजोडिए नस्विकार्ने नेकपाको भातृ संगठनसहित २२ वटा जातीय संगठनको घोषणा


बिराटनगर, २५ माघ । स्थायी राजधानी टुंगो लगाएको एक नम्बर प्रदेश सरकारले मंगलबारबाट सुरु अधिवेशनबाट नामको पनि टुंगो लगाउने गृहकार्य थालेको छ । तर, प्रदेशको नाम के राख्ने भन्ने विषयमा विवाद मिलेको छैन । नेकपाकै नेताहरुले समेत पहिचानका आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री शेरधन राईले यही अधिवेशनबाट प्रदेशको नाम राखिने बताउँदै आएका छन् । नामाङकनका लागि मुख्यमन्त्री राईले अनौपचारिक छलफल र परामर्श गरिरहेका छन् ।

प्रदेश १ को नाममा पहिचान नजोडिए स्वीकार नगर्ने २२ वटा पहिचानवादी संगठनहरुले चेतावनी दिएका छन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै सत्तारुढ दल नेकपाको भातृ संगठन लिम्बुवान राष्ट्रिय मोर्चा, किरात राष्ट्रीय मुक्ति मोर्चासहित २२ वटा जातीय संघ संगठनले पहिचानको मुद्दालाई सम्बोधन नगरे प्रदेशको नाम स्वीकार नगरी सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

इटहरीको भेलापछि उनीहरुले प्रदेश १ का मुख्यमन्त्री र सभामुखलाई भेटेर ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

प्रदेशहरु स्वायत्त रहेकाले केन्द्रको हस्तक्षेप मान्न नहुने उनी बताउँछन् ।

प्रकाशित मिति : शनिबार, २५ माघ २०७६ ११:५४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ