Logo

नेकपा सोलुखुम्बु जिल्लाको इन्चार्जको जिम्मेवारी हेमकुमार राईलाई 


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्लाको इन्चार्जको जिम्मेवारी हेमकुमार राईलाई दिएको छ । प्रतिनिधी सभाका सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका राईलाई मंगलबार पाार्टीले सो जिम्मेवारी दिएको हो ।

जिम्मेवारी निर्धारण गरिएको सम्बन्धी महासचिव बिष्णु पौडेलको पत्रमा प्रदेश कमिटी इन्चार्ज, सह–इन्चार्ज, जिल्ला अध्यक्ष, सचिबसँग समन्वय गरेर आफ्नो जिम्मेवारी पूरा गर्न भनिएको छ ।

यसअघि नेकपाको सोलुखुम्बु जिल्ला इन्चार्ज शिव बहादुर बस्नेत ‘राजेन्द्र’लाई राखिएको थियो, जुन पार्टीले बनाएको मापदण्ड भन्दा फरक भएको थियो । त्यसलाई सच्याउदै राईलाई सो जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : बिहीबार, १५ फाल्गुन २०७६ २२:३२
प्रतिक्रिया दिनुहोस्