Logo

मिस वर्ल्ड टोनी नेपाल भ्रमणमा आउँदै


काठमाडौं: मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीन दिने नेपाल भ्रमणमा आउन लागेकी छिन् । उनी बिहीवार (आज) काठमाडौं आइपुग्नेछिन् ।

नेपाल भ्रमणको क्रममा टोनी सिन्धुपाल्चोकदेखि मकवानपुरसम्म पुग्नेछिन् । शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेलसमेत हेर्ने कार्यक्रम तय भएको छ ।

मिस नेपाल २०१९ की विजेता अनुस्का श्रेष्ठको पहलमा उनी नेपाल आउन लागेकी हुन् । टोनीले हेलम्बुमा करिब एक घन्टा बिताउने कार्यक्रम रहेको छ । हेलम्बुकै सोस्लिङमा रहेको अनुस्काको प्रोजेक्टसमेत टोनीले अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आउन लागेकी हुन् ।

टोनी अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर पनि पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : बिहीबार, २२ फाल्गुन २०७६ ०९:४७
प्रतिक्रिया दिनुहोस्