Logo

कोरोना भाइरसको केन्द्रविन्दु अब युरोप : डब्लूएचओ


काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ ।

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ ।‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। ‘यो भयानक आगो फैलन दिनु हुँदैन ।’

गत डिसेम्बर ३१ मा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण १ सय ४५ देशमा देखिएको छ । संक्रमणबाट १ लाख ४५ हजार ६ सय ३८ जना बिरामी परेका छन् ।

संक्रमित हुने ८० हजार ८ सय २४ जना चिनियाँ नागरिक छन् । बाँकी अधिकांश संक्रमित युरोपियन मुलुकका छन् ।

चीनमा संक्रमणको दर कम हुँदै गए पनि युरोपेली मुलुकमा डढेलोझैं फैलिदा डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

चीनमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १३ जनाको मृत्यु हुँदा अन्यत्र ४ सय ४२ जनाको मृत्यु भएको छ । ४ सय ४२ जनामध्ये अधिकांश युरोपकै छन् ।

प्रकाशित मिति : शनिबार, १ चैत्र २०७६ १५:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ