Logo

वाह ! समाजसेवा: काठमाडौंबाट नुवाकोट जाने यात्रुलाई निःशुल्क बस र माक्स


काठमाडौं, ९ चैत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै काठमाडौंबाट नुवाकोट जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिएको छ। नुवाकोटका स्थानीय समावसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीको संयोजनमा ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रा.लिले नुवाकोटको त्रिशूलीसम्म जानका लागि आईतवारदेखि बस सञ्चालन गरेको हो ।

आईतवार काठमाडौंको नक्साल स्थित नारायणचौर, बालाजु र कलंकीबाट नुबाकोटका लागि बस छुटेको छ । कोरोनाको त्रास बढेसँगै काठमाडौंबाट आफ्नो घर जानेको संख्या बढेको छ । अझ त्यसमा पनि सरकारले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरि २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि काठमाडौंमा अस्थायी बसोबास गरिरहेकाहरु आफ्नो घर फर्किएका छन् ।

यात्रुको सहज सेवाका लागि आगामी दिनमा पनि यो अभियान जारी राख्ने ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले जानकारी दिए ।

त्यस्तै यात्रुको सुरक्षाका लागि माक्स पनि बितरण गरिएको छ। भुकम्पको बेलामा पनि नुवाकोटबासीलाई आफ्नो तर्फबाट सहयोग गरेको स्मरण गर्दै उनले अप्ठ्यारोमा सहयोग गर्नु मानविय धर्म भएकाले समाजसेवी अधिकारीले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताए ।

प्रकाशित मिति : आईतवार, ९ चैत्र २०७६ २२:२५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ