Logo

 माप्य दुधकोशीले दशैं तथा तिहारमा कुनैपनि कार्यक्रम सञ्चालन गर्न नदिने


सोलुखुम्बु । विश्व महामारीको रुपमा कोभिड १९ (कोरोना भाईरस)का असरलाई ध्यानमा राख्दै माप्य दुधकोशी गाउँपालिकाले आउँदै गरेको दसैं तथा तिहारलगायतका चाँडमा कुनै पनि जमघट, खेलकुद तथा देउसीभैलो जस्ता कार्यक्रमहरु सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।
गाउँपालिकाले कोरोनाबाट पछिल्लो पटक उत्पन्न समस्याहरुलाई ध्यानमा राखेर भीडभाड हुने कार्यक्रमहरुका साथै गाउँपालिकाभित्र सञ्चालित साप्ताहिक बजारसमेत बन्द गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
वडा नम्बर ५ को कार्यबहाक अध्यक्षको जिम्मेवारी वडा सदस्य जसबहादुर राईलाई दिने पनि कार्यपालिकाको बैठकले निर्णय गरेको छ । गत महिना करेन्ट लागेर वडा नम्बर ५ का अध्यक्ष निमराज तामाङको निधन भएपछि कार्यबहाकको जिम्मेवारी तोकिएको थिएन ।
प्रकाशित मिति : शुक्रबार, ३० आश्विन २०७७ १३:४५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ