Logo

वीर अस्पतालको भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने सरकारको निर्णय


मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । वीरको नयाँ भवनमा बन्ने अस्पताललाई ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ नाम दिइएको छ भने सोही अस्पतालले देशभरका अस्पतालको समन्वय पनि गर्नेछ ।

ती मन्त्रीका अनुसार कोरोना महामारी फैलिँदै गएको बेला त्यसको रोकथाम र नियन्त्रणसम्बन्धी एजेण्डामा बैठक केन्द्रीत रहेको थियो ।
बैठकले कोरोना नियन्त्रणमा उपलब्ध अधिकतम स्रोत प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले अक्सिजनको माग पूरा गर्नेगरी लागिपर्ने, आईसीयू भेन्टिलेटरको संख्या बनाउने, अस्थायी कोभिड अस्पताल बनाउन लागिपर्ने जस्ता निर्णय गरेको छ। यस्तै चीनबाट ल्याउन लागिएको अक्सिजनको सिलिन्डर आएपछि बजारमा भएको अभाव पूर्ति गर्न केही सहज हुने विश्वास पनि बैठकले गरेको छ

बैठकमा प्रधानमन्त्री केपी ओलीले पछिल्लो परिस्थितिबारे सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट ब्रिफिङ लिएका थिए भने आफूले पनि धारणा राख्दै नागरिकको जीवन रक्षाका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : शनिबार, २५ बैशाख २०७८ २१:३०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ