Logo

सगरमाथा माविलाई पुस्तक र तारजाली सहयोग


अर्जुन खालिङ राई
सोलुखुम्बु (वाकु) । रीड नेपाल र जलश्रोत तथा सिन्चाई सोलुखुम्बुले सगरमाथा माविका बिद्यार्थीलाई पुस्तक वितरण गर्नुका साथै तारजाली सहयोग गरेको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६, वाकुस्थित सो विद्यालयको ईसीडीदेखि कक्षा पाँचसम्मका २ सयभन्दा बढी बिद्यार्थीलाई पुस्तक वितरण गरेको हो ।

कोरोना भाईरस (कोभिड-१९)का कारण विद्यालय बन्द हुँदा शिक्षाबाट बन्चित भएका बिद्यार्थीलाई गुणस्तरीय शिक्षा आर्जनका लागि घरमै बसेर अध्ययन गर्न सहज हुनेछ ।

पुस्तक पाएसँगै बिद्यार्थीहरु हर्षित भएका छन् । त्यस्तै जलश्रोत तथा सिंचाइ सोलुखुम्बुले विद्यालयलाई तारजाली उपलब्ध गराएको हो । विद्यालय परिसरमा पहिरोको जोखिम भएकाले उक्त पहिरो रोकथामका लागि २० वटा तारजाली उपलब्ध गरेको विद्यालयका शिक्षक नन्दराज कुलुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहीबार, २१ श्रावण २०७८ २१:३९
प्रतिक्रिया दिनुहोस्