Logo

दुधकोशी सामुदायिक अस्पतालको लागि मैदेल सेरोफेरो गुरुङ समाजद्वारा ६० लाख सहयोग


सोलुखुम्बु : दुधकोशी सामुदायिक अस्पताल निर्माणका लागि मैदेल सेरोफेरो गुरुङ समाज लाउरे टोल काठमान्डौले रु. ६० लाख रुपैयाँ सहयोग गरेको छ । लाउरे टोलका गणेश बहादुर गुरुङ र गोबिन्द गुरुङको नेतृत्वमा समाज बनाएर उक्त रकम संकलन गरी अस्पताल सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन् ।

आर्थिक सहयोग गर्नेहरुमा अधिकांश सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भइ देश तथा विदेशमा रहेकाह छन् । बिभिन्न चरणमा सहयोग रकम हस्तान्तरण गर्ने क्रममा बाँकी रु. १४ लाख ८३ हजार ६४१ हजार रुपैयाँ रकम थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईको उपस्थितिमा आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

सहयोग सङ्कलनका लागि लागि मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोलको नामबाट खोलिएको बैंक खातासमेत उक्त रकम हस्तान्तरण गरेसंगै बन्द गरिएको अभियन्ता गणेश बहादुर गुरुङले जानकारी दिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा उक्त समाजका १०३ जनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको छ । एक जना व्यक्तिले १ लाख ५५ हजारसम्म आर्थिक सहयोग गरेको बताइएको छ । सहयोगी सबैलाई संचालक समितिका कोषाअध्यक्ष बलराम गुरुङले धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माणको काम ९५ प्रतिशत पुरा भएको बताए । गाउँबस्तीका सामान्य परिवारका व्यक्ति देखि देश विदेशबाट समेत क्षमता अनुसारको सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष राईले फागुनको पहिलो हप्ताभित्र अस्पतल उद्घाटन गर्ने बताए ।

गाउँका नागरिकलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने उदेश्यले सञ्चालन गर्न लागिएको अस्पताल उद्घाटनको दिन जिल्लावासीकै लागि खुशीको क्षण हुने उनको भनाई छ ।

अस्पताल निर्माण सम्पन्न हुँदासम्म करिब ३० करोड खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्र मुक्लीमा यस सोही अस्पताल निर्माणका लागि सहयोगार्थ महायज्ञसमेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : आईतवार, ११ पुष २०७८ २१:००
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ