Logo

थुलुङ दुधकोशीको जुबुमा १० शैय्याको अस्पताल बन्ने, अध्यक्ष असिम राईले गरे शिलान्यास


सोलुखुम्बु :  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-५ जुबुमा १० शैयाको अस्पताल बन्ने भएको छ ।

दुधकोशी पारिका नागरिकको आधारभूत स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर १० शैय्याको अस्पताल निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।  

जुबुको लेकखर्कमा निर्माण हुने थुलुङ दुधकोशी अस्पतालको अध्यक्ष असिम राईले आज एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

कुल १६ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण गरिने उक्त अस्पतालको दुई बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अस्पतालको निर्माण रमन कन्ट्रक्सनले गर्नेछ ।

अस्पताल शिलान्यास गर्दै अध्यक्ष राईले आफुले सुरु देखि नै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले गाउँपालिकाको दुधकोशी पारी भनेर चिनिने जुबु र लोखिमका स्थानीयले आधारभूत स्वास्थ्यसेवाका लागि अन्यत्र जानू नपरोस् भन्ने अभिप्रायले आफुले अस्पताल निर्माणका लागि पहल गरेको बताउँदै अध्यक्ष राईले यो अस्पतालबाट छिमेकी जिल्ला खोटाङका कतिपय जनतासमेत लाभान्वित हुने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, वडा नम्बर ४ जुबुका वडाअध्यक्ष श्यामकुमार गुरुङ, वडा नम्बर ५ जुवुका वडाअध्यक्ष चन्द्रबहादुर राई, वडा नम्बर ९ लोखिमका वडाअध्यक्ष सनकुमार तामाङ लगायतको उपस्थिती रहेको रहेको थियो ।  

प्रकाशित मिति : मंगलवार, १६ जेष्ठ २०८० २१:१५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ