Logo

सोलुखुम्बु जिल्लाका एसईई टपर घिमिरे सम्मानित


सोलुखुम्बु – २०७९ को एसईई परीक्षामा सोलुखुम्बु जिल्ला टप गर्न सफल विशाल घिमिरे सम्मानित हुनुभएको छ । ३.८५ जीपीए प्राप्त गर्दै जिल्ला टप गरेका घिमिरेलाई ह्वाईहिल्स इङ्लिस सेकेन्डरी स्कुल व्यवस्थापन समिति सल्लेरीद्वारा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच सम्मन गरिएको हो ।

घिमिरेलाई जिल्ला शिक्षा समन्वय इकाई सोलुखुम्बुका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले घिमिरेलाई सम्मान गर्दै गुणस्तरीय शिक्षाका लागि जिल्लामा ह्वाईहिल्स स्कुलले अग्रणी भुमिका खेलेको बताउँनुभयो ।

कार्यक्रकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पा, शिक्षा विकास तथा समन्वय इकाईका सदस्यसमेत रहनुभएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्मा शेर्पा, विद्यालय व्यवस्थापन समिति सदस्य एवं हिमाल एफ.एमका अध्यक्ष निमा शेर्पा, विद्यालय व्यवस्थापन समिति सदस्य चेङमा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : शनिबार, १३ श्रावण २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ