Logo

ठानेखोला खानेपानीको एक करोड १० लाखको ठेक्का स्वीकृत, के के छन् माप्य दुधकोशी गाउँ कार्यपालिकाको निर्णयहरु !


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको वडा नं. ६ र ७ वाकु निर्माणाधिन ठानेखोला खानेपानीका लागि १ करोड १० लाख रुपैयाँको ठेक्का अनुमोदन गर्दै स्वीकृत गरेको छ । मंगलबार सम्पन्न गाउँ कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित सो रकम बराबरको ठेक्का स्वीकृत गर्ने निर्णय गरेको हो । रु. ४८ करोड ११ लाख भन्दा बढिको डीपीआर रहेको उक्त खानेपानीको केही काम गएको आर्थिक वर्षमा पनि गरिएको थियो ।

त्यस्तै त्रिवेणी काँकु खोला आर्क बृज र भुंगराखोला आर्क बृजको जम्मा ९ करोड ८३ लाख ५६ हजार ५३७ को ठेक्का अनुमोदन गर्दै स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारी शाखागत प्रमुखसहितको कार्यपालिका बैठकले चालु आ.व.को बजेट कार्यन्वयनको सन्दर्भमा गाउँपालिका गौरबका आयोजनाहरु लामबगर मोटरेबल पुल निर्माण, चिण्डो प्रतिमा निर्माण, बुद्धपार्क निर्माण, महादेव पार्क निर्माण, त्रिवेणी मोटरेबल पुल निर्माण, भुङगराखोला मोटरेबल पुल निर्माण, खास्ताप कवर्ड हल निर्माण, कोर्कु रंगशाला निर्माणसँगै आर्थिक विकास क्षेत्रमा पर्यटनसँग सम्बन्धित योजना तथा कार्यक्रम, सिनाइ गोठस्टे अनुदान, काङदेल वासख्वाम गेट निर्माण घेराबार र दायित्व शिर्षकको बजेट १०० प्रतिशत भुक्तानी दिने निर्णय गरेको छ ।

त्यस्तै समानीकरण अनुदान स्रोत भएको सबै योजनाहरुलाई ८५ प्रतिशत र राजस्व बाँडफाँड स्रोत भएका योजनाहरुलाई ६० प्रतिशत कुल बजेट मानी भुक्तानी दिने निर्णय भएको छ ।

कार्यपालिकाको निर्णयअनुसार आ.व. २०८०/०८१ मा योजनाहरुका लागि विनियोजित रकमको भुक्तानी गर्दा अनिवार्य ४ प्रतिशत कन्टेन्जेन वापतको रकम कट्टा गरेरमात्रै भुक्तानी दिने, म्यारथन धावक मिरा राईसँग सम्झौता गरी म्याराथन सम्बन्धि खेल प्रशिक्षण कार्यक्रम गाउँपालिकामा सञ्चालन गर्ने, गाउँपालिका र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको जिम्मेवारी आवश्यकताअनुसार हेरफेर गरिने छ । त्यसैगरी गाउँपालिकाको पर्यटन प्रवद्र्धनार्थ यही मंसिर २९ गते फार्म ट्रिप कार्यक्रमको उद्घाटन गर्ने र पर्यटन प्रवद्र्धनका लागि एक नागरिक एक शेयर नारालाई पारित गर्दै सबैले सम्भाववित पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने गराउने निर्णय पनि भएको छ भने थल्लेरी पर्यटन सडक ट्रयाक ओपन डीपीआर तथा इआइए आइईई तयार पनि गर्ने निर्णय भएको छ ।

गाउँपालिकाको कार्यालय र ७ वटै वडा कार्यालयबाट प्राप्त हुने राजस्व मासिक रुपमा कृषि विकास बैंकमा रहेको आन्तरिक राजश्व खातामा जम्मा गरी कार्यालयको आर्थिक प्रशासन शाखामा भौचर पेश गर्ने र मासिक रुपमा जम्मा नगर्ने वडामा योजना तथा कार्यक्रमको लागि विनियोजित बजेट निकासा नगर्ने, गाउँपालिकामातहतका सबै कर्मचारीहरुले अनिवार्य पोशास लगाउनुपर्ने, गाउँ कार्यापालिकाको कार्यालयमा विद्युतीय हाजिरी जडान गर्ने अर्को निर्णय छ ।

त्यसैगरी गाउँपालिकाभित्रका विद्यालय, क्लब तथा सबै संघसंस्थाहरुले कुनैपनि खेल प्रशिक्षण गर्नुपर्ने भएमा वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट अनिवार्य अनुमति लिनुपर्ने, गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाको मासिक रिपोर्ट स्वास्थ्य संस्था प्रमुख र वडा अध्यक्षहरुले मासिक रुपमा प्रत्येक ३ गतेभित्र गाउँपालिकाको स्वास्थ्य शाखामा अनिर्वाय रुपमा पेश गर्नुपर्ने छ ।

गाउँपालिकामा भइरहेको सडक कालोपत्रेको काम, राष्ट्रिय प्रशारण र्लान विस्तारमा भइरहेको ढिलाईबारे अभिलम्ब काम गराउन पहल गर्ने, गाउँपालिकाको पक्की प्रशासकीय भवन तथा गाउँपालिका प्राथमिक अस्पतालको भवन निर्माणका लागि सम्बन्धित निकायमा बजेट माग गर्ने निर्णय भएको छ ।

विभिन्न सरकारी, अर्ध सरकारी तथा अन्य निकायमा गाउँपालिकाको नाम दुधकोशी मात्रै उल्लेख रहेकोले सो नाम सच्याई माप्य दुधकोशी गाउँपालिका कायम गराउनका लागि कार्यपालिका सदस्य प्रकाश राई र सूचना प्रविधि अधिकृत सोनाम बम्जनलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

 

प्रकाशित मिति : बुधबार, १३ मंसिर २०८० ०९:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ