Logo

ट्रेकिङ गाइड तथा पोर्टर गाइड तालिम सुरु, डेढ सय जना प्रशिक्षार्थी सहभागी


काठमाडौं/ वसन्त सिजन अन्तर्गत ट्रेकिङ गाइड तथा ट्रेकिङ पोर्टर गाइड तालिम सुरु भएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान)को समन्वयमा काठमाडौंको रविभवनस्थित नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउण्टेनियरिङ (नाथम) मा बैशाख २१ गतेदेखि सो तालिम सञ्चालन भइरहेको हो ।

टान सचिवालयका अनुसार तालिममा कुल १४८ जना ट्रेकिङ गाइड प्रशिक्षार्थी सहभागी छन्, जसमा ३८ जना महिला रहेका छन् । त्यस्तै ३१ जना ट्रेकिङ पोर्टर गाइड तालिममा सहभागी भएका छन् । ट्रेकिङ गाइड तालिम ३५ दिन र ट्रेकिङ पोर्टर गाइड तालिम १५ दिन अवधिको व्यावसायिक तालिम हुनेछ।

तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरूले क्रमशः ट्रेकिङ गाइड लाइसेन्स र ट्रेकिङ पोर्टर गाइड लाइसेन्स प्राप्त गर्नेछन्।

तालिमको सुरुवातमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रममा नाथम र टानका पदाधिकारीहरूले प्रशिक्षार्थीहरूलाई शुभकामना व्यक्त गर्दै तालिमका उद्देश्य, विषयवस्तु, सञ्चालन विधि तथा भावी ट्रेकिङ गाइडबाट पर्वतीय पर्यटन क्षेत्रमा अपेक्षा गरिएका विषयहरूबारे जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : मंगलवार, २२ बैशाख २०८३ १०:३९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ