Logo

कान्छा आरोही खालिङको कीर्तिमान: एक सातामै सगरमाथाको डबल समिट


काठमाडौं, १४ जेष्ठ / खालिङ समुदायको सबैभन्दा कान्छा आरोही मिलन खालिङले एक साता अवधिमा दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण (डबल समिट)को उपलब्धि हासिल गरेका छन् । उनले मे २७ बिहान ७:४० बजे सगरमाथाको सफल आरोहण गर्दै एक साताभित्र डबल समिटको उपलब्धि हासिल गरेका हुन् ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १, जुभिङका खालिङले अघिल्लो वर्ष एक पटक सगरमाथाको सफल आरोहण गरिसकेका थिए । यस वर्षको आरोहण सिजनसँगै आयरल्यान्ड टोलीलाई सफलतापूर्वक पथप्रदर्शन गरेपछि थप चुनौतीपूर्ण लक्ष्य खोज्दै उनी पुनः सगरमाथा र ल्होत्से आरोहणको संयुक्त अभियानमा निस्किएका थिए । मे २५ मा सगरमाथा आधार शिविरबाट क्याम्प १, २, ३ हुँदै क्याम्प ४ सम्म पुगेका उनले मे २७ लाई समिट डे तय गरेका थिए। योजना अनुसार नै आरोहण सफल भएको उनले बताएका छन् ।

डबल समिट को सफलतापछि आफ्नो अनुभव सेयर गर्दै उनले खुम्बु आइसफल क्षेत्रमा रहेका ठूलो बरफका कारण यस सिजन सगरमाथा आरोहण सहज नभएको र मार्ग व्यवस्थापनमा ढिलाइ भएको बताए । मे २९ पछि आधिकारिक रूपमा मार्ग बन्द हुने भएकाले छोटो समयका कारण ल्होत्से आरोहण योजना भने अर्को वर्षका लागि सारेको उनले बताए ।

उनले आफ्नो सफलतामा सहयोग पुर्‍याउने टोलीप्रति आभार व्यक्त गर्दै विशेष रूपमा ‘लाक्पा माउन्टेनियरिङ’ र ‘८ के एक्सपेडिसन्स’लाई धन्यवाद दिएका छन् । आफ्नो मार्गदर्शन क्षमतामाथि विश्वास गरेर सपना पूरा गर्ने अवसर दिएको भन्दै उनले ती संस्थाको प्रशंसा गरेका छन्।

उनका अनुसार ‘८ के एक्सपेडिसन्स’ टोलीले आरोहीलाई शिखरसम्म पुर्‍याउने मात्र नभई सुरक्षित रूपमा आधार शिविरसम्म फर्काउने जिम्मेवारी पनि पूरा गर्दै आएको छ।

प्रकाशित मिति : बिहीबार, १४ जेष्ठ २०८३ २२:४१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ