Logo

समाचार लेख्न सिकाउँदै शेर्पा सञ्चार समुह


शेर्पा समुदायका युवाहरुलाई लक्षित गरि १० दिने समाचार लेखन तालिम काठमाडौमा सुरु भएको छ । शेर्पा पत्रकारको संगठनात्मक संस्था शेर्पा सञ्चार समुह नेपाल शेर्पा युवाहरुलाई सञ्चार क्षेत्रमा लाग्न चाहाने युुवाहरुलाई सशतिmकरणका लागि विगतका वर्षझै यो वर्ष पनि तालिम आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।

तालिम माघ १ गतेदेखि १० गतेसम्म बौद्ध टुसालस्थि संस्थाको हलमा सञ्चालन भईरहेको छ । विभिन्न जिल्लाका करिब २५ जना युवाहरु तालिममा सहभागी छन ।

शेर्पाहरुलाई मात्र लक्षित भए पनि पहिलो पटक अन्य आदिवासी समुदायका युवाहरु पनि तालिममा सहभागी गराएको संस्थाका अध्यक्ष निम्लेकी शेर्पाले जानकारी दिनुभयो । तालिमको सहजीकरण पत्रकार टि लोप्चनले गर्नेछ ।

पत्रकारिता, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता लगायतका विषय समेटिने जनाएको छ ।

संस्थाले बार्षिक रुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोषण लगायत सञ्चार सँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ भने शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : बिहीबार, २ माघ २०७६ १५:११
प्रतिक्रिया दिनुहोस्