Logo

सिन्धुपाल्चोकमा रुघाखोकीको बिरामी बढ्न थाले, कोरोनाको आशंकामा स्थानीय त्रसित


सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा रुघाखोकीका बिरामी बढ्न थालेपछि कोरोनाको आशंकामा स्थानीय त्रसित बनेका छन् ।

कोरोनाको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरो आउने ८४ जना बिरामी गाउँमा भेटिएका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ३ को गुम्बा गाउँमा रुघा खोकी र ज्वारोका कारण सय जना बिरामी परेका छन्।

गाउँका मानिसहरु बिरामी बढ्न थालेपछि गाउँपालिकाले स्वास्थ्य मन्त्रालयमा जरुरी पत्र पठाउँदै रोग पहिचान गर्न विशेष टोली पठाउन अनुरोध गरेको छ।

चीनमा कोरोनाको संक्रमण फैलिरहेका बेला चीनसँग जोडिएको सिन्धुपाल्चोकमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामी फेला परेपछि स्थानीय त्रसित बनेका हुन् ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईका अनुसार कोरोनाको आशंका गरिए पनि उनीहरुलाई रुघाखोकी लागेको बताए । उनले जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधिहरु र माक्स खरीद गरी पठाइसकेको जानकारी दिए ।

कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चीनसँग आउजाउ नभएकोले कोरोना नै हो भन्ने आधार नरहेको प्रष्ट्याए । तर पनि संक्रमण देखिएकाहरुलाई अरु व्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न अनुरोध गरेका छन् ।

गत विहीबारबाट यस्तो लक्षण देखिन थालेपछि बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए । विरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाएको जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, २९ माघ २०७६ ०९:२२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ