Logo

आर्थिक बृद्धिदर ८.५ प्रतिशत नपुग्ने योजना आयोगको स्पष्टोक्ति, असारे विकास दोहोरिने


काठमाडौं । रास्ट्रिय योजना आयोगले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने सरकारको लक्ष्य पूरा नहुने स्पष्ट पारेको छ ।

बुधबार अर्थ समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. पुस्पराज कंडेलले चालू आर्थिक वर्षमा सो बृद्धिदर भेट्न नसकिने स्पष्ट पारेका हुन् ।

यस वर्ष पनि असारे विकास दोहोरिने अवस्था आएको समेत उनले स्वीकार गरे ।
कमजोर पुँजीगत खर्च र रास्ट्रिय गौरवका आयोजनाहरु पूरा नहुँदा बजेटमा तोकिएको बृद्धि हासिल नहुने तर्क उनको थियो । ‘पुँजीगत खर्चकै कारण समस्या हुने भयो’ उनले भने ‘जुन उद्देश्यले अर्थतन्त्रमा नीतिगत परिवर्तन गरिएको थियो, त्यसअनुसार कार्यान्वयनमा जान सकेन ।’

छलफलमा सांसदहरुले यति बलियो सरकारले पनि पुरानै प्रवत्ति दोर्होयाउनु दुःखद रहेको उल्लेख्य गरे ।

प्रकाशित मिति : बुधबार, ७ फाल्गुन २०७६ १६:३२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ