Logo

प्रदेशस्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबलको उपाधी सोलुखुम्बु र सुनसरीलाई संयुक्त रुपमा दिइयो


सोलुखुम्बु । शनिबार सम्पन्न प्रदेशस्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधी सोलुखुम्बु र सुनसरी दुईटैलाई दिइएको छ । मौसम प्रतिकुलताका कारण स्थगित खेलमा आयोजकले दुवै टिमलाई विजेता घोषणा गरेको हो । फाइनल खेलको पहिलो र दोश्रो सेटमा लगातार जित हात पारेको सोलुखुम्बु तेश्रो र चौथो सेटमा लगातार पराजित हुन पुग्यो ।

पाँचौ सेटको खेलमा दुवै टिमको अंक पाँच पाँच बराबरी हुँदा असिनासहित भारी बर्षा भएपछि सोलुखुम्बु र सुनसरी दुबैलाई संयुक्त रुपमा विजेता घोषित गरिएको हो । संयुक्त रुपमा प्रथम हुन सफल सोलुखुम्बु र सुनसरी दुवै टिमले एक लाख ५१ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । फाइनल विजेता टिमलाई नेकपा संसदीय दल प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सभाको तर्फवाट थप ५० हजार नगद पुरस्कार थप गरेका थिए ।

यस अघि तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा भोजपुरलाई पराजित गर्दै झापा विजयी भयो । तेश्रो र चौथो स्थान प्राप्त गर्न सफल झापा र भोजपुरलाई क्रमशः नगद ५१ हजार र २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृट खेलाडीका रुपमा अनिश राई (सुनसरी) र सञ्जय बस्नेत (सोलुखुम्बु) उत्कृष्ट ब्लकरको रुपमा सुरज चौधरी (सुनसरी), उत्कृष्ट स्पाइकरको रुपमा सुमन मगर (सोलुखुम्बु)लाई पुरस्कृत गरियो भने उत्कृष्ट सेटर अर्जुन राई (सोलुखुम्बु), उत्कृष्ट लिबरो बसन्त राई (सुनसरी), उत्कृष्ट सर्भर भरत यादव –झापा), उदयमान खेलाडी रोमन बस्नेत (भोजपुर) भए ।

फाइनल खेल अघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र भौतिक योजना राज्यमन्त्री अम्बिर बाबु गुरुङ, नेकपा संसदीय दल प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगायत्ले शुभकामना दिएका थिए ।

प्रतियोगिताको विजेता टिमका खेलाडीहरुलाई प्रदेश नम्बर १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे । मंगलबार प्रतिनिधि सभा सदस्य हेमकुमार राईले उदघाटन गरेको उक्त प्रतियोगितामा प्रदेश नम्बर १ का जम्मा १४ वटा जिल्लामध्ये १३ जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, १० फाल्गुन २०७६ १९:४६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ