Logo

गाउँपालिका अध्यक्ष र वडा वडाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सडक निर्माण कार्यमा कमिसनबापत २५ लाख ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले केसी र शाहीविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

कमिसनका लागि डरधम्की दिएर घुस दिन बाध्य बनाएको उजुरी परेपछि अख्तियारले दुवै जनामाथि अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा केसी र शाहीले कमिशनको लागि बार्गेनिङ गरी नगद लिनुका साथै बैंक खातामा समेत रकम जम्मा गर्न लगाएको पुष्टि हुन आएकोले उक्त रकम माग दाबीसहित मुद्दा दायर गरिएको कोइरालाले बताए ।

प्रकाशित मिति : बिहीबार, २२ फाल्गुन २०७६ १८:२५
प्रतिक्रिया दिनुहोस्