Logo

एसईई परीक्षा स्थगित


काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।

बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : बुधबार, ५ चैत्र २०७६ १८:५४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ