Logo

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रकम जम्मा गर्न सरकारको आह्वान


सरकारले बनाएको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रकम जम्मा गर्न सरकारले सबै नेपालीलाई आह्वान गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले कोषको रकम कोरोना रोकथामका लागि पूर्वाधार बनाउन र स्वास्थ्य सामग्री आपूर्ति गर्न प्रयोग गरिने बताए ।

कोषमा सरकारले शुरू पुँजी ५० करोड रुपैयाँ राख्ने र संघीय सरकारका मन्त्रीहरूले १ महिनाको तलब जम्मा गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।

‘यो कोषमा राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी, संघसंस्थाका जति पनि व्यक्ति हुनुहुन्छ, सहयोग गर्ने हातहरू हुनुहुन्छ, सहयोग गर्न सबैलाई आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने, ‘कोरोनाको जोखिम बढिरहेको अवस्थामा अर्थतन्त्रमा केही प्रतिकूलता देखिन थालेका छन् । पूर्वाधारमा लगानी गर्नुपरेको छ । त्यसो हुनाले एउटा कोरोना संक्रमण रोकथाम कोष निर्माण गर्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : आईतवार, ९ चैत्र २०७६ २२:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ