चोकर्म (सेतो पोखरी) फुट्दा सोलु खोलामा पानीको बहाव बढ्यो
भोजराज कार्की
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ । दुधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरीफुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए ।
शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दुधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमानगरिएको थियो ।
दुधकुण्ड क्षेत्रमा रहेका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भाग मध्ये एक भाग पानी बगिसकेको बताए । उक्त पोखरी पुर्णरुपमा फुट्नेखतरा भने उच्च रहेको उनको भनाई छ ।
पोखरीको वरिपरीको भाग चिराचिरा परिसकेको भन्दै नदि किनारका स्थानीयले उच्च सतर्कता अपनाउनुपर्ने उाको सुझाव छ ।
यसबारेमा सोलुखुम्बु प्रहरीले भने आधिकारीक पुष्टि गरेको छैन । स्थानीय भाषामा (चोकर्म) भनिने सेतो पोखरी फुटेको खबर प्राप्तभएपनि आधिकारीक पुष्टी हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले बताए ।
सोलुखोलामा पानीको बहाव उच्च हुँदा जुनबेसी क्षेत्रमा नदिको पानी बस्तीमा समेत प्रवेश गरेको छ । अहिले पानीको बहाव केही मात्रमाकम भएपनि जोखिम भने कायम रहेको नाम्गेल शेर्पाले बताए । खोला किनारका स्थानीयलाई समयमा नै सचेत नगराउने हो भने थप क्षतीहुन सक्ने उनको अनुमान छ ।
सोलुखोलाको मुहान क्षेत्रमा पर्ने सस्रबेनीमा रहेको एउटा चौरीगोठ तथा ३ वटा काठे साँगु समेत बगाएको भन्दै शेर्पाले क्षतीको विवरणसंकलनमा ढिलाई गर्न नहुने बताए। पोखरी क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन ।
प्रदेश सांसद राजभण्डारीसहितको टोलीले आइतबार स्थलगत अध्ययन गर्ने
सोलुखुम्बु प्रदेश सभा (ख) का सांसद एवम् नेकपा प्रदेश १ संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेकोअवस्थामा आईतबार हेलिकोप्टर मार्फत स्थलगत अध्ययनमा जाने तयारी गरिएको बताए । पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दैबास्तविकता अध्ययन गरि थप तयारी अघि बढाउने उनको भनाई छ ।
सल्लेरी सदुरकामदेखि ३० कोष उत्तर पुर्व क्षेत्रमा पर्ने दुधकुण्ड क्षेत्र पुग्नको लागि दुई दिन लाग्छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर१ मा पर्ने दुधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना ठुला ताल रहेको बताईन्छ । तर ती तालको अवस्थाको बारेमा आधिकारीक रुपमाअध्ययन भने गरिएको छैन ।
ताल फुटेको खण्डमा सोलुखोलामा निर्माणाधिन ३ वटा हाईड्रोपावरमा क्षती पुग्छ भने अन्य केही बस्ती विस्थापित हुन सक्छ ।
रासस