Logo

एनएमए महासविच कुलबहादुर गुरुङ यूआइएए म्यानेजमेन्ट कमिटी सदस्यमा निर्वाचित


काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङ विश्व पर्वतारोहण महासंघ (यूआइएए) म्यानेजमेन्ट कमिटीको सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिबार राती भएको यूआइएएको भर्चुअल साधारणसभामा उहाँ एनएमएको तर्फबाट निर्वाचित हुनुभएको हो ।

यूआइएए विश्वकै राष्ट्रिय पर्वतारोहण संघ÷महासंघ तथा अल्पाइन क्बहरुको साझा संस्था हो । यस संस्थामा १४२ देशका अल्पाइन क्लबहरुहरु आवद्ध छन् ।

महासचिव गुरुङ नेपालबाट निर्वाचित हुने दोस्रो नेपाली हुनुहुन्छ । चार वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएका महासचिव गुरुङले पर्वतारोहण क्षेत्रमा आफ्नो सक्रिय योगदान रहने बताउनुभयो ।

विश्वकै पर्वतीय पर्यटनमा उत्कृष्ट गन्तब्य मानिने नेपालबाट यूआइएएको म्यानेजमेन्ट कमिटी सदस्य जस्तो महत्वपूर्ण पदमा निर्वाचित हुनु आफैमा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सन् १९३२ मा फ्रान्समा स्थापना भएको यूआइएएको को मुख्य कार्यालय स्वीट्जरल्याण्डको बर्नमा रहेको छ ।

पर्यटन क्षेत्रमा सक्रिय कुलबहादुर गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन)को संस्थापक अध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका पूर्व उपाध्यक्ष, गणेश हिमाल पर्यटन विकास समितिको निवर्तमान अध्यक्ष लगायत थुप्रै पर्यटन संघसंस्थाहरुमा सक्रीय हुनुहुन्छ ।

प्रकाशित मिति : आईतवार, १६ कार्तिक २०७७ २०:५८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ