काँगेल विमानस्थल आगामी मंसिरबाट सुचारु गर्ने पर्यटनमन्त्री भट्टराईको घोषणा
सोलुखुम्बु : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री योगेश भट्टराईले आगामी मंसिरबाट काँगेल विमानस्थल सुचारु गर्ने घोषणा गर्नुभएको छ । जनताको लगानीमा निर्मित काँगेल विमानस्थलको स्थलगत निरिक्षणको क्रममा मन्त्री भट्टराईले बिमानस्थल बर्षौदेखि बन्द हुनु दुःखद रहेको बताउदै सुचारु गर्ने प्रतिबद्दता जनाउनुभएको हो ।
करिब ६ बर्षदेखि बन्द रहेको काँगेल बिमानस्थल स्थलगत निरिक्षणका लागि मन्त्री भट्टराईसहित संघीय सांसद हेम कुमार राई (सुरविर), नेपाल नागरिक उड्ययान प्राधिकण प्रमुख सहभागी टोली शुक्रबार विहान हेलिकप्टरमार्फत काँगेल आएको थियो ।
कार्यक्रममा सोलुखुम्बुका प्रदेश सांसद एवं नेकपा प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी, प्रदेश सांसद उत्तम कुमार बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेकपा सोलुखुम्बु अध्यक्ष मानविर राई, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई लगायतका ब्याक्तिहरुको उपस्थिती रहेको थियो ।
मन्त्रीको टोली महाकुलुङको गुदेलमा बन्न लागेको बिमानस्थलको निरिक्षणका लागि त्यसतर्फ प्रस्थान गरेको छ ।