Logo

‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ?’


प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छन्।
रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्।
प्रधानमन्त्रीको उक्त कदम सच्चिनुपर्ने भन्दै अनेरास्ववियूले आन्दोलन नै घोषणा गरेको छ।

उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ?’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।
उनीहरूले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने पनि बताएका छन्।

प्रकाशित मिति : बुधबार, २२ पुष २०७७ १३:१०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ