Logo

ठमेलमा २ अर्ब रुपैयाँ लगातमा चार तारे होटल ‘‘रमादा अनकोर काठमाडौँ ठमेल’


काठमाडौं । काठमाडौंको ठमेलमा २ अर्ब रुपैयाँ लगातमा चार तारे होटल खुलेको छ । अमेरिकी चेन होटल ‘रमादा अनकोर काठमाडौँ ठमेल’ आजदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।

सो होटलका सञ्चालक सागर पँगेनीका अनुसार होटल २ अर्ब रुपैयाँको लगातमा निर्माण भएको हो । ९० वटा कोठा रहेको सो होटल ७ तले र २  वटा अन्डर ग्राउण्ड रहेको छ ।

अमेरिकी चेन होटल र्यामेड इन्कोर वाई वाइनड्याम विश्वको ८० देशको ९ हजार ठाउँमा विस्तार भएको छ ।

पँगेनीका अनुसार पर्यटक तथा होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद मात्र होइन विदेशी विभिन्न प्रकारका परिकारहरुको स्वाद लिन पाउने छन्। विशेष गरेर विदेशी पर्यटकलाई भित्र्याउनका लागि यो होटललले उल्लेख्य भूमिका खेल्न सक्ने उनको विश्वास रहेको छ ।

‘धेरै होटलहरु भएपनि पर्यटककले चाहे र रोजे जस्तो सेवा सुविधा पान सकेका छैनन्, पर्यटकको चाहना अनुसार हामी सुविधा दिनछाैं,’ उनले भने ।

आधुनिक शैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमिएर गरी सुबिधा सपन्न कोठा, सेमिनार हल, पार्टि प्यालेस, मिटिङ्ग हल, रेष्टुरेण्ट, स्विमिङ्पुलकाे रहेको बताइएको छ ।

यो कम्पनीले नेपालमा भने पहिलोपटक सेवा सञ्चालन गरेको घोषणा गरेको छ। नेपालसँगै भुटानमा पनि प्रवेश गरेको कम्पनीले विभिन्न वर्गका छुट्टै ब्रान्डमा होटल सञ्चालन गर्छ।

नेपालमा भने रमडा ब्रान्ड प्रवेश गरेको हो। विन्डमको यो मध्यमवर्गीय ब्रान्ड हो । काठमाडौंको ठमेलमा रहेको यो होटल फ्रेन्चाइजी हो। होटलमा डिलक्स,सुपर डिलक्स, स्टुडियो,इन्टर कनेक्टिङ र फरक क्षमताका व्यक्तीमैत्री कोठा रहेका छन् । २ रेष्टुरेन्ट भएको होटलमा हल,स्पा जस्ता सुविधाहरु पनि रहेका छन्।

प्रकाशित मिति : शनिबार, २५ पुष २०७७ ०९:४७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ