Logo

योतेल्म्य पर्यटन सेल्टर र राप्छा खानेपानी मुहानको स्थलगत अवलोकन भ्रमण (फोटो फिचरसहित)


सोलुखुम्बु । तल्लो सोलुको पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ स्थित राप्छाको योतेल्म्य (भोटेखर्क)मा निर्माण गर्न लागिएको पर्यटन सेल्टरको स्थलगत अध्ययन अवलोकन तथा भ्रमण कार्यक्रम गरेको छ । माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा ईन्जीनियरसहित टोलीले मंगलबार पर्यटन सेल्टर निर्माण हुने ठाउँसँगै राप्छा खानेपानी मुहानको स्थलगत निरिक्षण तथा भ्रमण गरेको हो ।

गाउँपालिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि योतेल्म्यको पर्यटन सेल्टरलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षको बजेटमार्फत रु. २१ लाख रकम विनियोजन गरेको छ । अब चाँडै सेल्टर निर्माणको काम थालनी गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न ‘ड्रिम प्रोजेक्ट’सँगै पर्यटकीय पूर्वाधार निर्माण गर्दैछ । यस क्षेत्रको पर्यटन विकासका लागि राप्छामै ८० फिट अग्लो चिण्डो, लुरमा बुद्धपार्क निर्माणको लागि प्रारम्भिक बजेट विनियोजन गरिएको छ भने अहिलेसम्म डीपीआरलगायतको काम सम्पन्न भइसकेको छ ।

त्यस्तै गाउँपालिकाले योतेल्म्यमै मुहान रहेको राप्छा खानेपानीको लागि अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी करिब रु. ४८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोको डीपीआर निर्माणसँगै उपभोक्ता समिति गठनलगायतको काम सम्पन्न भइसकेकोले यसै वर्ष काम थाल्नेगरी तयारी गरिएको छ । उक्त खानेपानी आयोजनाबाट १ सय भन्दा बढि घरधुरी लाभान्वित हुनेछन् ।

यसैबीच, राप्छाभूमि विकास क्लब (आरबीसी)को बैठकले वडा नम्बर २, राप्छामा निर्माण गर्न लागिएको पर्यटन सेल्टरलगायतको योजनालाई सम्पन्न गर्नका लागि संस्थागत सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

  

तस्वीरः असन राई

प्रकाशित मिति : बिहीबार, १५ माघ २०७७ ०८:२७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ