पर्यटन बोर्डको सन्चालक समिति सदस्यमा रिजाल, शेर्पा र शाह
काठमाडौं । नेपाल पर्यटन बोर्डको सन्चालक समिति सदस्यमा तीनजना नियुक्त भएका छन् । स्रोतकाअनुसार छनौट समितिले सिफारिस गरेका ५ जनामध्येबाट तीन जना छनोट भएका हुन । जसमा चन्द्र रिजाल, ङवाङिमा शेर्पा र कृष्ण शाह रहनु भएको छ ।
रिजाल टानका पूर्वअध्यक्ष हुन् भने शेर्पा नेपाल कोरिया पर्यटन प्रवर्द्धन व्यवसायी तथा शाह पर्यटन ब्यबसायी हुनुहुन्छ । पर्यटन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित समितिमा पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटा र पूर्ण कुँवर सदस्य थिए । समितिले यी तीनजनासहित हरिभक्त श्रेष्ठ र सिएन पाण्डेको नाम सिफारिस गरेको थियो ।