Logo

ताप्लेजुङको दोभान बजारमा भीणष आगोलागी, ३५ घर पूर्ण रुपमा जलेर नष्ट


file photo

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीणष आगोलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको आगोलागी अहिलेसम्म नियन्त्रणमा नआएको स्थानीयवासीले जनाएका छन् ।

अहिलेसम्म दोभान बजारका ३५ घर पूर्ण रुपमा जलेर नष्ट भइसकेको छ ।

अहिले आगोलागी भएको क्षेत्रमा ताप्लेजुङको दमकल पुगिसकेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि दमकल आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए।

उनले भने, ‘म पनि आगोलागी क्षेत्रमा जाँदै छु। आगलागी भीषण छ भन्ने खबर आएको छ।’

 

प्रकाशित मिति : मंगलवार, १८ फाल्गुन २०७७ ११:३३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ