Logo

संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई ओलीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

बालुवाटारमा शनिबार बसेको आफू पक्षका संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूलाई यस्तो निर्देशन दिनुभएको हो ।

न्यून संख्यामा सांसदहरु उपस्थित बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा अनुउपस्थित हुनुहुन्थ्यो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।
यसअघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक शुक्रवार बसेको थियो । बैठकमा १ सय ११ सांसदहरु उपस्थित भएका थिए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा विघटन गर्नुभएको प्रतिनिधिसभा सर्वोच्च अदालतको निर्णयपछि पुनस्थापित भएको हो । सर्वोच्चको निर्देशन बमोजिम पुनस्थापित प्रतिनिधि सभाको पहिलो वैठक आइतवार अपरान्ह बस्दैछ ।

प्रकाशित मिति : शनिबार, २२ फाल्गुन २०७७ १९:४६
प्रतिक्रिया दिनुहोस्