करिब ४३ अंकले बढ्यो नेप्से, चार कम्पनीमा सर्किट
काठमाडौँ: साताको अन्तिम कारोबार बिहीबार (आज) शेयर बजारको परिसूचक नेप्से करिब ४३ अंकले बढेको छ ।
आज नेप्से परिसुचक ४२ दशमलव ९५ अंकले बढेर २४७५ अंकमा पुगेको छ ।
आज ब्यापार बाहेकका सबै समूह बढेका छन्। बैंकिङ २६, होटल तथा पर्यटन ११२, विकास बैंक २४, जलविद्युत ३, फाइनान्स १४, निर्जीवन बीमा १९१, उत्पादन १६२, अन्य ४१, माइक्रोफाइनान्स १०२, जीवन बीमा ४१५ र लगानी समूह १ अंकले बढेको छ। ब्यापार समूह ३९ अंकले घटेको छ। कारोबार रकममा पनि केही सुधार देखिएको छ। बुधबार (हिजो) ४ अर्ब रुपैयाँ पनि नपुगेको कारोबार रकम आज ४ अर्ब ६६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।
आज चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लोगेको छ। ग्रिनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मर्दी, चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको मूल्यमा सर्किट लागेको हो।ग्रिनलाइफको मूल्य प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ। त्यस्तै, चन्द्रागिरि हिल्सको मूल्य १२९२ रुपैयाँ र नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतकै हाराहारीमा बढेर ३ सय ४९ रुपैयाँ पुगेको छ ।
आजै जोशी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ६ लदशमलव ८ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा लगानीकर्ताको सबैभन्दा बढी आकर्षण म्युचुअल फण्डमा देखिएको छ। सबैभन्दा बढी शेयरको माग भएको १० कम्पनीमा ६ कम्पनी म्युचुअल फण्डका रहेका छन्। सबैभन्दा बढी माग भएको म्युचुअल फण्डको अग्रपंतिमा सनराइज फर्स्ट म्युचुअल फण्ड छ। त्यसैगरी, एनएमबि, सिटिजन्स म्युचुअल फण्ड, ग्लोबल आइएमइ समुन्नत स्किम १ र एनआइबिएल प्रगति फण्ड छन्। म्युचुअल फण्डको माग बढेसँगै उप सूचकमा समेत वृद्धि देखिएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल बंगलादेश बैंक अग्रस्थानमा ररहेको छ। सो कम्पनीको ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।