Logo

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान


काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेकाले मतदाता नामावली ऐन, २०७३ अनुसार योग्यता पुगेका नेपाली नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेको हो ।

आयोगले भर्खरै नेपाली नागरिकताको प्रमाणपत्र लिएकाहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गराउन अपिल गरेको छ ।

आयोगले सर्वसाधारण नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि आवश्यक मात्रामा सहजीकरण गरिदिन जिल्लास्थित राजनीतिक दलका संगठन र प्रतिनिधिहरुलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : मंगलवार, ३१ चैत्र २०७७ २०:०९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ