Logo

गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्षमा गुरुङ निर्बिरोध


काठमाडौं । पर्यटन क्षेत्रमा कृयाशिल सङ्स्था गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्षमा रंकेश गुरुङ निर्बिरोध निर्बाचित हुनुभएको छ । राजधानीमा सम्पन्न समितिको नवौं वार्षिक साधारण सभाले गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टेक बहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्र प्रसाद सुवेदी, द्धितिय उपाध्यक्षमा दलबहादुर गुरुङ, महासचिवमा चन्द्रबहादुर गुरुङ, सचिवमा सुक लामा तामाङ, कोषाध्यक्षमा टेक बहादुर गुरुङ र सह–कोषाध्यक्षमा रीता अधिकारी रहनुभएको छ ।

समितिको नवौं वार्षिक साधारण सभा समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले समग्र धादिङ जिल्लालाई पर्यटनमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघिय सभासद खेम लोहनी, उद्योग पर्यटन तथा वातावरण समितिकी सभापति माननीय रमा आले मगर, प्रदेश सभासद जगत सिंखडा, पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङ, पर्यटन बोर्डको उपाध्यक्ष चन्द्र रिजाल लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरु र बरिष्ठ पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ र निर्वतमान अध्यक्ष तेज बहादुर गुरुङले समग्र धादिङ जिल्लाको पर्यटन पूर्वधार र समितिको काम कर्तव्यबारे विस्तृत जानकारी दिनुभयो ।

प्रकाशित मिति : शनिबार, ४ बैशाख २०७८ २०:२७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ