सगरमाथाका लागि ३ सय ६६ जनाले लिए अनुमति, हिमाल रोयल्टीबापत झन्डै ५० करोड सङ्कलन
वसन्त ऋतुको लागि पर्यटन विभागले सगरमाथा आरोहणका लागि ३ सय ६६ जनालाई अनुमति दिएको छ।
विभागले हालसम्म ३८ टिमको २७९ पुरुष र ८७ जना महिलालाई सगरमाथा आरोहणका लागि अनुमति दिइएको हो।
विभागले हालसम्म १६ वटा हिमालमा आरोहणका लागि अनुमति दिएको छ। सगरमाथापछि सबैभन्दा बढी लोत्से हिमाल आरोही रहेका छन्। लोत्से आरोहणमा १ सय ४ जनाले अनुमति पाइसकेका छन्।
वसन्त ऋतुमा हालसम्म ६ सय ५४ जनाले हिमाल आरोहणका लागि अनुमति पाइसकेको विभागले जनाएको छ। विभागले राजस्वबाट अहिलेसम्म ४८ करोड रुपैयाँ उठाएको छ।