Logo

लुक्ला जोड्ने सडक ट्रयाक ओपन कार्य सुरु, करिब २० किलोमिटर बाँकी


सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका १ काँडे थाम डाँडादेखि गाउँपालिका केन्द्र नाचिपाङ जोडिने सडक ट्रयाक ओपन कार्य शुरु भएको छ । संघीय संसद कोषबाट विनियोजित ४५ लाख रकमबाट ट्रयाक ओपनको काम सुरु भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष ल्हाक्पा दोर्जी शेर्पाले जानकारी दिनुभयो ।

ङिमदोर्जी शेर्पा सडक नामाकरण गरिएको उक्त सडक गाउँपालिका केन्द्र जोडिन करिब २० किलोमिटर मात्रै बाँकी रहेको छ । करिब ९० प्रतिशत भन्दा बढी चट्टान रहेको सो क्षेत्रमा ट्रयाक ओपन गर्न निक्कै खर्चिलो रहेको गाउँपालिका प्रबक्ता ल्हाक्पाछिरि शेर्पाले बताउनुभयो ।

ट्रयाक ओपनका लागि ९० लाख रुपैयाँ बराबरको सम्झौता गरिएको भएपनि बाँकी रकम ब्यवस्थापन गर्न गाउँपालिका लागि परेको प्रबक्ता शेर्पाको भनाई छ । सो समितिले पैयाँ छेउबास सम्म ट्रयाक ओपन गर्ने जनाइएको छ ।

आवतजावतामा सावधानी अपनाउन अनुरोध

सडक ट्रयाक ओपन भईरहेकाले आवतजावत गर्दा विशेष सावधानी अपनाउन सर्वसाधरणमा अनुरोध गरेको छ । ट्रयाक ओपनको काम सुरु गरिएकाले काँडे थामडाँडादेखि पैयासम्म हिडडुल गर्न समय निर्धारण गरिएको छ ।

सो क्षेत्रको गोरेटोबाटोमा यात्रु तथा पशुचौपाया आवत जावत गर्न विहान ११ बजे देखि साडे १२ बजे सम्म, दिउँसो ३ बजेदेखि अपरान्ह ४ बजेसम्म र साँझ ६ बजे पछि विहान ७ बजे सम्म समय निर्धारण गरिएको छ । – solufm

प्रकाशित मिति : बुधबार, ८ बैशाख २०७८ ०८:२४
प्रतिक्रिया दिनुहोस्