बस दुर्घटनामा परी वाईसीएल सोलुखुम्बुकी नेतृ कुलुङको निधन

काठमाडौँ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी बैरेनीमा आइबार राति बस र ट्रक आपसमा ठोक्किँदा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल सोलुखुम्बु जिल्ला कमिटी सदस्य रेनुका कुलुङको मृत्यु भएको छ । राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनापछि कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी प्रशासनले जनाएको छ । सोलुखुम्बु जिल्ला महाकुलुङ–३ की २७ वर्षीया कुलुङले विद्यार्थी राजनीतिसँगै पछिल्लो समय वाइसिएलको जिल्ला सदस्य भएर सक्रिय रुपमा काम गर्दै आएकी थिइन् । त्यसको उनी अलावा सामाजिक एवं समुदायको उत्थानार्थ विभिन्न अभियानमा अभियन्ताको रुपमासमेत क्रियाशिल थिइन् ।
सो दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाईतेहरुको अहिले विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरी प्रशासनले जनाएको छ ।
म्युजिक भिडियो सुटिङको शिलशिलामा रिजर्भ गाडी पोखरा गएर फर्किने क्रममा सो दुर्घटना भएको हो । दुर्घटनामा रेनुकाकी आफ्नै बहिनीसहित बसमा सवार सबै जना सोही सुटिङ टिमकै रहेको बुझिएको छ ।
शिखरपोष्ट मिडिया गु्रपको तर्फबाट उर्जाशिल यूवा नेतृ स्व. रेनुका कुलुङलाई हार्दिक श्रद्धाञ्जली । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना ।